दफा ८८क
गोपनीयता सम्बन्धी व्यवस्था
निकासीकर्ता वा पैठारीकर्ताले भन्सार कार्यालयमा पेश गरेका गोपनीयता कायम राख्नुपर्ने प्रकृतिका भन्सार मूल्याङ्कन सम्बन्धी सूचना तथा अन्य व्यक्तिगत व्यवसायिक सूचनाहरू अधिकारप्राप अधिकारीबाट अनुसन्धान वा लेखापरीक्षणको प्रयोजनका लागि वा अदालतबाट न्यायिक कारबाहीको प्रयोजनका लागि माग भएको अवस्थामा बाहेक गोप्य राखिनेछ ।